औषधी उत्पादनको काम तत्काल थाल्न नेपाल औषधी लिमिटेडलाई प्रधानमन्त्रीको निर्देशन

औषधी उत्पादनको काम तत्काल थाल्न नेपाल औषधी लिमिटेडलाई प्रधानमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौँ, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधी उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्।

आइतबार दिउँसो नेपाल औषधी लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्।

छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गतिरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए।

छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधी उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधी उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए।

न्यौपानेले लिमिटेडले भुक्तानी गर्नुपर्ने पूर्ववत् दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिनको खरिद गरी उत्पादनको कामलाई व्यवस्थित तुल्याइने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 January 2024
Website | + posts