औषधी उत्पादनको काम तत्काल थाल्न नेपाल औषधी लिमिटेडलाई प्रधानमन्त्रीको निर्देशन

औषधी उत्पादनको काम तत्काल थाल्न नेपाल औषधी लिमिटेडलाई प्रधानमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौँ, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधी उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्।

आइतबार दिउँसो नेपाल औषधी लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्।

छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गतिरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए।

छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधी उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधी उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए।

न्यौपानेले लिमिटेडले भुक्तानी गर्नुपर्ने पूर्ववत् दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिनको खरिद गरी उत्पादनको कामलाई व्यवस्थित तुल्याइने बताए।

Published Date: 14 January 2024


ताजा
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु