नेसनल प्याव्सन भक्तपुरमा संसदमा पेश भएको शिक्षा विधेयकको बारेमा छलफल

नेसनल प्याव्सन भक्तपुरमा संसदमा पेश भएको शिक्षा विधेयकको बारेमा छलफल : Icon Khabar

भक्तपुर, पुस २९ । नेसनल प्याव्सन भक्तपुरले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान एवं संसदमा पेश भएको शिक्षा विधेयकको बारेमा छलफल चलाएको छ।

भक्तपुरमा सम्पन्न उक्त छलफल कार्यक्रममा जिल्ला अध्यक्ष संजय खड्काले २६ औँ स्थापना दिवस मनाईरहदा समेत देशको शिक्षाको अवस्थालाई हेर्दा खुशि हुने अवस्था नरहेको छ ।

निजी लगानीको विद्यालयलाई हाल गुठीमा लैजानु पर्छ भन्ने बहस चलिरहेको छ, यो अवस्थाले विद्यालय शिक्षामा केहि सुधारोन्मुख भएको बेला यसलाई पनि ध्वस्त पार्ने खेल भएको आरोप लगाए । खड्काले सार्वजनिक विद्यालय सुधार गर्दै लगिनु पर्छ, सामुदायिक शिक्षाले समग्र देशको शिक्षालाई निशुल्क र अनिवार्य गराएर गुणस्तरमा वृद्धि गर्दै लगेपछि निजीको आवश्यकतामा कमि स्वत: आउने बताए । त्यसैले तत्काल निजीलाई आक्रमण गर्ने बन्द गराउने खालको शिक्षा निती ल्याएमा कक्षा १२ सम्मको आत्मनिर्भर भएको शिक्षामा पनि गुणस्तर शिक्षाको खोजीमा छिमेकी देशमा हाम्रा बालबालिका पढाउन पठाउने दिन आउन सक्ने प्रति सचेत गराए ।

अध्यक्ष खड्काले अब कम्पनीमा चलेका निजी विद्यालयहरुलाई गुठीमा जान स्वेच्छिक गरिनु पर्ने साथै उच्च शिक्षामा सीप र प्रविधि सहित रोजगार हुने शिक्षा ऐन ल्याइ यूवा शक्तिलाई विदेश पलाएन हुनबाट रोक्नु पर्ने कुरा बताए।

नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयका संचालकहरुको उपस्थितिमा गरिएको सो कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सदस्य एवं जिल्लाका सल्लाहकार जिबि खड्काले विद्यालयलाई थप लगानी गरी सुधार्दै लैजानु पर्ने बताए।

कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, जिल्ला बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रमथापा लगायत जिल्ला पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरु सबैले आ आफ्नो धारणा प्रस्तुत गरेका थिए।

Published Date: 14 January 2024
ताजा
मेटा र युट्युबलाई ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश
बिहिबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले घट्यो
रास्वपाको निर्णायक बैठक आज: बालेन शाह संसदीय दलको नेता बन्ने पक्का, भोलि प्रधानमन्त्रीको शपथ
चैत्र शुक्ल अष्टमीमा देशभर चैते दसैँको रौनक, शक्तिपीठहरूमा भक्तजनको भीड


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता