अष्ट्रेलियाको मेल्बोर्नमा रोयल वेस्टर्न्स क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

अष्ट्रेलियाको मेल्बोर्नमा रोयल वेस्टर्न्स क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न : Icon Khabar

अष्ट्रेलिया, पुस २९ । अष्ट्रेलियाको मेल्बोर्नमा अबस्थित रोयल वेस्टर्न्स क्लबको आयोजना तथा साउथ इष्ट सकर क्लब, मेल्बर्न नेपलिज कम्युनिटी वेस्ट र न्याभ बाल चौतारी वेस्टको सक्रिय सहयोगमा रक्तदान कार्यक्रम सफल रूपमा सम्पन्न भएको छ ।

तीन दिनसम्म संचालन भएको उक्त कार्यक्रम जनवरी ६ र ७ तारीखका दिन एअरपोर्ट वेस्ट लाइफब्लड डोनर सेन्टर र जनवरी १३ तारीखका दिन माउन्ट वाभरली लाइफब्लड डोनर सेन्टरमा गरी जम्मा ४० जनाको सहभागिता रहेको थियो जसमध्ये १९ जनाले रक्तदान तथा २१ जनाले प्लाज्मा दान गरेका थिए भने १७ जनाले पहिलो पटक रक्तदान गरेका थिए।

सन् २०२१ को जनवरीमा रोयल वेस्टर्न्स क्लब अन्तर्गत अस्ट्रेलियन रेडक्रस लाइफ ब्लडमा दर्ता भएको रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिममा हालसम्म जम्मा १४७ जना रक्तदाताहरु सदस्य छन् भने उक्त टिमका सदस्यहरुले अहिलेसम्म जम्मा ३१९ पटक रक्तदान गरिसकेका छन जसमा १२८ जनाले रक्तदान र १९१ जनाले प्लाज्मा दान गरेका छन् भने टिमको तर्फबाट हालसम्म जम्मा ९५७ जनाको जीवन बचाउन सफल भैसकेको छ।

टिमले सन् २०२२ मा अस्ट्रेलियन रेडक्रस लाइफ ब्लडले रास्ट्रीयब्यापी रुपमा आयोजना गरेको लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज कार्यक्रममा रक्तदानमा दोश्रो स्थान हासिल गर्न तथा सबैभन्दा धेरैजनाले प्लाज्मा दान गर्न सफल भएको थियो।

नेपाली समुदायमा नियमित रक्तदान गर्दै आएका रक्तदाताहरु मध्ये डा. सन्देश पन्थले हालसम्म १८७, रोशन उपाध्यायले ८० पटक रक्तदान गरिसकेका छन भने अन्य रक्तदाताहरुको रक्तदान गर्ने क्रम निकै उत्साहित हुदै निरन्तर रुपमा अघि बढाइरहेका छन्।

रक्तदान कार्यक्रममा सहभागी रक्तदाता तथा साउथ इष्ट सकर क्लबका सचिब प्रकाश गौतमले क्लबको यस कार्यक्रममा सहभागी हुनुका साथै आफ्नो क्लब साउथ इष्ट सकर टिमको तर्फबाट सहयोगीको रुपमा जोडिन पाउँदा आफुहरु निकै उत्साहित भएको र आगामी दिनहरूमा रक्तदानमा निरन्तर लागि पर्ने बताएका थिए ।

कार्यक्रममा अष्ट्रेलियन रेडक्रस लाइफब्लड, रिजनल पार्टनरशिपका ग्रुप एकाउन्ट म्यानेजर जेनेभिब डब्सनले नेपाली समुदायको प्रतिनिधित्व गर्दै रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिमले निरन्तर रुपमा गर्दै आएको रक्तदान कार्यक्रमले अस्ट्रेलियामा रहेका बिभिन्न समुदायहरुका बिचमा निकै राम्रो छाप पार्न सफल भएको र निरन्तर रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएकोमा मुक्त कण्ठले प्रशंसा गर्दै सम्पूर्ण नेपाली समुदाय, सहभागी रक्तदाताहरु लगायत संस्था प्रति हार्दिक आभार प्रकट गर्दै धन्यबाद दिएकि थिइन्।

क्लबका अध्यक्ष रोशन दाहाल र उपाध्यक्ष निर्मला शर्माले एअरपोर्ट वेस्ट लाइफ ब्लड र माउन्ट वाभरली लाइफब्लड डोनर सेन्टरलाई ब्यबस्थित रूपमा संचालन गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए भने यसपटक देखि यस कार्यक्रममा साउथ इष्ट सकर क्लब पनि सहयोगीको रुपमा जोडिन आएकोमा सम्पूर्ण क्लबका पदाधिकारीहरुलाई धन्यबाद दिएका थिए ।

RWC lifeblood team का सम्योजक सुशील चालिसेले क्लबको सिग्नेचर प्रोग्राम रहेको उक्त रक्तदान कार्यक्रम सफल रूपमा सम्पन्न गर्न सकेकोमा खुशी व्यक्त गर्नुका साथै सहयोग र साथ दिनुहुने संघ संस्था, सहयोगी, स्वयं सेवक, क्लबका प्रतिनिधि लगायत सम्पूर्ण सहभागी रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 14 January 2024
Website | + posts