कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, पुस १८ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज बिहानैदेखि कोशी, वाग्मती र गण्डकी प्रदेशका भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरैजसो स्थानमा मौसम बदली रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहने र कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही कोशी र गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार राति देशको पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका केही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका विशिष्ट उच्च पहाडी तथा हिमाली क्षेत्रका साथै कुहिरोबाट प्रभावित तल्लो भूभागमा हुने सम्भावित हल्का हिमपातका कारण हुने चिसो तापक्रमको प्रभावलाई कम गर्न आवश्यक सावधानी अपनाउन महाशाखाका अधिकारीहरूले सर्वसाधारणलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित