कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, पुस १८ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज बिहानैदेखि कोशी, वाग्मती र गण्डकी प्रदेशका भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरैजसो स्थानमा मौसम बदली रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहने र कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही कोशी र गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार राति देशको पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका केही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका विशिष्ट उच्च पहाडी तथा हिमाली क्षेत्रका साथै कुहिरोबाट प्रभावित तल्लो भूभागमा हुने सम्भावित हल्का हिमपातका कारण हुने चिसो तापक्रमको प्रभावलाई कम गर्न आवश्यक सावधानी अपनाउन महाशाखाका अधिकारीहरूले सर्वसाधारणलाई सुझाव दिएका छन् ।

Published Date: 04 January 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु