वीरेन्द्रनगरमा उत्पादन हुन थाल्यो फोहोरबाट ग्यास र प्राङ्गारिक मल

वीरेन्द्रनगरमा उत्पादन हुन थाल्यो फोहोरबाट ग्यास र प्राङ्गारिक मल : Icon Khabar

सुर्खेत, पुस १८ । वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादन हुने गरेको छ ।

व्यक्तिगत लगानीमा निर्माण हुन लागेको कर्णालीमा यो पहिलो आयोजना हो । वीरेन्द्रनगर नगरपालिका–११ का युवा कृष्णप्रसाद ढकालले फोहोरलाई ग्यास र मलमा परिणत गर्न थालेका छन् ।

त्यसका लागि ढकालले रु १४ करोडको लगानीमा जर्मन प्रविधि प्रयोग गरी ग्यास प्लान्ट स्थापना गरेका हुन् । उक्त रकममध्ये ५ करोड विश्व बैंकले सहयोग गरेको छ ।

अहिले तरकारी बजार र पसलबाट फोहोर उठाउने काम भइरहेको छ । ढकालले नगरपालिकाका प्रत्येक घरधुरीबाट फोहोर संकलन गर्ने योजना बनाएको छ ।

ग्यास उद्योग प्लान्टले अहिले दैनिक ७२० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन गरिरहेको छ । प्लान्टबाट उत्पादित ग्यास खाना पकाउनका साथै ग्यासबाट चल्ने सवारी साधन चलाउन प्रयोग गर्न सकिने ढकालले बताए ।

प्रतिकिलो १४० रुपैयाँमा ग्यास र २५ रुपैयाँमा जैविक मल बिक्री गर्ने उद्योगमा हाल १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Published Date: 04 January 2024


ताजा
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग
एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क