वीरेन्द्रनगरमा उत्पादन हुन थाल्यो फोहोरबाट ग्यास र प्राङ्गारिक मल

वीरेन्द्रनगरमा उत्पादन हुन थाल्यो फोहोरबाट ग्यास र प्राङ्गारिक मल : Icon Khabar

सुर्खेत, पुस १८ । वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादन हुने गरेको छ ।

व्यक्तिगत लगानीमा निर्माण हुन लागेको कर्णालीमा यो पहिलो आयोजना हो । वीरेन्द्रनगर नगरपालिका–११ का युवा कृष्णप्रसाद ढकालले फोहोरलाई ग्यास र मलमा परिणत गर्न थालेका छन् ।

त्यसका लागि ढकालले रु १४ करोडको लगानीमा जर्मन प्रविधि प्रयोग गरी ग्यास प्लान्ट स्थापना गरेका हुन् । उक्त रकममध्ये ५ करोड विश्व बैंकले सहयोग गरेको छ ।

अहिले तरकारी बजार र पसलबाट फोहोर उठाउने काम भइरहेको छ । ढकालले नगरपालिकाका प्रत्येक घरधुरीबाट फोहोर संकलन गर्ने योजना बनाएको छ ।

ग्यास उद्योग प्लान्टले अहिले दैनिक ७२० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन गरिरहेको छ । प्लान्टबाट उत्पादित ग्यास खाना पकाउनका साथै ग्यासबाट चल्ने सवारी साधन चलाउन प्रयोग गर्न सकिने ढकालले बताए ।

प्रतिकिलो १४० रुपैयाँमा ग्यास र २५ रुपैयाँमा जैविक मल बिक्री गर्ने उद्योगमा हाल १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2024
Website | + posts