शेखरको आरोप : टिआरसी र काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ

शेखरको आरोप : टिआरसी र काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ : Icon Khabar

काठमाडौं, पुस १९ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई नेकपा एमालेको साथ चाहिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा सत्ता गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न लागेको कोइरालाले उल्लेख गरेका छन् ।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्’ कोइरालाले ट्वीट गरेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो