शेखरको आरोप : टिआरसी र काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ

शेखरको आरोप : टिआरसी र काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ : Icon Khabar

काठमाडौं, पुस १९ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई नेकपा एमालेको साथ चाहिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा सत्ता गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न लागेको कोइरालाले उल्लेख गरेका छन् ।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्’ कोइरालाले ट्वीट गरेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

 

Published Date: 04 January 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी