इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जेनोआसँग अंक बाड्यो

इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जेनोआसँग अंक बाड्यो : Icon Khabar

काठमाडौँ, पुस १४ । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जेनोआसँग अंक बाडेको छ। शुक्रबार राति भएको खेलमा इन्टरले जेनोआसँग एक-एक गोलको बराबरी खेल्दै अंक बाडेको हो।

इन्टरले सुरुआती अग्रता लिए पनि जोगाउन असफल रह्यो। मार्को अर्नाटोभिकले ४२ औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफकै अतिरिक्त सातौं मिनेटमा जेनोआले बराबरी गोल फर्काउन सफल भयो। अल्बर्ट गुडमन्डसनको पासमा राडु ड्रागुयनले गोल गर्दै बराबरी गरेका थिए। त्यसपछि थप गोल नहुँदा दुव टिमले एक एक अंक बाँडे।

अंक बाँडेपनि शीर्ष स्थानमा रहेको इन्टरले ५ अंकको अग्रता लिएको छ। इन्टरले १८ खेलबाट ४५ अंक बनाउँदा दोस्रो स्थानमा रहेको युभेन्टसको ४० अंक रहेको छ। जेनोआ २० अंकका साथ तालिकाको १३ औँ स्थानमा छ।

Published Date: 30 December 2023
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक