बालकुमारी घटनाको छिटो र निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

बालकुमारी घटनाको छिटो र निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौँ, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो ललितपुरको बालकुमारीमा भएको घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । आज (शनिबार) बिहान उनीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ‘ब्रिफिङ’ लिएका हुन् ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए । ब्रिफिङमा उनीहरूले घटनाबारे जानकारी गराउँदै छानबिन समिति समेत गठन गरिएको बताएका थिए । प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुःखद भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाबाट बञ्चित युवाहरूले गरेको प्रदर्शनमा शुक्रबार दुई जनाको ज्यान गएको थियो । झडपमा परी दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो । प्रदर्शनकारीहरुका अनुसार झडपका क्रममा रावतई प्रहरीले बन्दुकको कुन्जाले हानेका थिए । बेहोस भएर सडकमा ढलेका उनलाई तत्काल किस्ट अस्पताल लगिएको थियो, तर उपचारका क्रममा मृत्यु भएको थियो ।

शाहलाई पाटन अस्पताल लगिएको थियो । उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा ललितपुरको बालकुमारीमा आगजनी समेत गरेका थिए । । प्रदर्शनकारीले आगजनी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागे दुई बेरोजगार युवाको मृत्यु भएको थियो । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

Published Date: 30 December 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?