बालकुमारी घटनाको छिटो र निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

बालकुमारी घटनाको छिटो र निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौँ, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो ललितपुरको बालकुमारीमा भएको घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । आज (शनिबार) बिहान उनीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ‘ब्रिफिङ’ लिएका हुन् ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए । ब्रिफिङमा उनीहरूले घटनाबारे जानकारी गराउँदै छानबिन समिति समेत गठन गरिएको बताएका थिए । प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुःखद भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाबाट बञ्चित युवाहरूले गरेको प्रदर्शनमा शुक्रबार दुई जनाको ज्यान गएको थियो । झडपमा परी दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो । प्रदर्शनकारीहरुका अनुसार झडपका क्रममा रावतई प्रहरीले बन्दुकको कुन्जाले हानेका थिए । बेहोस भएर सडकमा ढलेका उनलाई तत्काल किस्ट अस्पताल लगिएको थियो, तर उपचारका क्रममा मृत्यु भएको थियो ।

शाहलाई पाटन अस्पताल लगिएको थियो । उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा ललितपुरको बालकुमारीमा आगजनी समेत गरेका थिए । । प्रदर्शनकारीले आगजनी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागे दुई बेरोजगार युवाको मृत्यु भएको थियो । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2023
Website | + posts