सुनको मूल्य लगातार बढ्दै गएपछि कारोबारमा उल्लेख्य गिरावट

सुनको मूल्य लगातार बढ्दै गएपछि कारोबारमा उल्लेख्य गिरावट : Icon Khabar

काठमाडौँ, पुस १४ । बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो ।

लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिए।

लगनको सिजन नहुनु, मूल्य निरन्तर बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति नहुनु र बजारमा सुनको माग न्यून हुँदा कारोबारमा गिरावट आएको उनको भनाइ छ ।

शुक्रबार तोलामा एक हजार तीन सय रुपियाँले घटेर एक लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार ८५ डलर पुगेको थियो । शुक्रबार प्रतिऔँस १७ डलरले घटेर दुई हजार ६८ डलरमा झरेको छ ।

अमेरिकाको फेडरल बैङ्कको आगामी जनवरी १ देखि ब्याजदर घटाउने निर्णयसँगै सुनको मूल्य बढ्दै गएको व्यवसायीको भनाइ छ । अन्तर्राष्ट्रियमा प्रतिऔँस सुनको मूल्य दुई हजार एक सय डलर पुग्ने अनुमान गरिएको छ । त्यतिबेला स्थानीय बजारमा प्रतितोला सुनको मूल्य बढेर एक लाख २५ हजार रुपियाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् ।

वाणिज्य बैङ्कहरूले दैनिक २० केजी सुन आयात गरिरहेका छन् । बजारमा बजारमा सुनको माग न्यून हुँदा सुनको मौज्दात बढ्दै गएको व्यवसायीको भनाइ छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार ४९० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार ४५५ रुपियाँमा कारोबार भएको छ । यसैबिच, भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नौ अर्ब ९७ करोड ११ लाख ६३ हजार रुपियाँ बराबर १२ लाख एक हजार ८६४ ग्राम सुन आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने