सुनको मूल्य लगातार बढ्दै गएपछि कारोबारमा उल्लेख्य गिरावट

सुनको मूल्य लगातार बढ्दै गएपछि कारोबारमा उल्लेख्य गिरावट : Icon Khabar

काठमाडौँ, पुस १४ । बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो ।

लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिए।

लगनको सिजन नहुनु, मूल्य निरन्तर बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति नहुनु र बजारमा सुनको माग न्यून हुँदा कारोबारमा गिरावट आएको उनको भनाइ छ ।

शुक्रबार तोलामा एक हजार तीन सय रुपियाँले घटेर एक लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार ८५ डलर पुगेको थियो । शुक्रबार प्रतिऔँस १७ डलरले घटेर दुई हजार ६८ डलरमा झरेको छ ।

अमेरिकाको फेडरल बैङ्कको आगामी जनवरी १ देखि ब्याजदर घटाउने निर्णयसँगै सुनको मूल्य बढ्दै गएको व्यवसायीको भनाइ छ । अन्तर्राष्ट्रियमा प्रतिऔँस सुनको मूल्य दुई हजार एक सय डलर पुग्ने अनुमान गरिएको छ । त्यतिबेला स्थानीय बजारमा प्रतितोला सुनको मूल्य बढेर एक लाख २५ हजार रुपियाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् ।

वाणिज्य बैङ्कहरूले दैनिक २० केजी सुन आयात गरिरहेका छन् । बजारमा बजारमा सुनको माग न्यून हुँदा सुनको मौज्दात बढ्दै गएको व्यवसायीको भनाइ छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार ४९० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार ४५५ रुपियाँमा कारोबार भएको छ । यसैबिच, भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नौ अर्ब ९७ करोड ११ लाख ६३ हजार रुपियाँ बराबर १२ लाख एक हजार ८६४ ग्राम सुन आयात भएको छ ।

Published Date: 30 December 2023


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली