बेइजिङमा सन् १९५१ यताकै सबैभन्दा लामो समय अत्याधिक चिसो

बेइजिङमा सन् १९५१ यताकै सबैभन्दा लामो समय अत्याधिक चिसो : Icon Khabar

काठमाडौँ, पुस ९ । बेइजिङमा सन् १९५१ यताकै सबैभन्दा लामो समय अत्याधिक चिसो भएको छ।

कयौं दिनको शीतलहर र हिमपातपछि आइतबारमात्रै तापक्रम शून्य डिग्री सेल्सियसभन्दा माथि पुगेको समाचार संस्था सिएनएनले जनाएको छ।

बेइजिङको नानजियाओ मौसम केन्द्रले मापन गरेअनुसार पछिल्लो समय तापक्रम शून्य डिग्री सेल्सिय भन्दा कम थियो। गत डिसेम्बर ११ मा यस वर्षको तापक्रम शून्य डिग्रीभन्दा मुनी पुगेको थियो।

तर त्यसयता आइतबारमात्रै उक्त रेखाबाट तापक्रम माथि उठेको हो।
‘डिसेम्बर ११ मा यस वर्ष पहिलो पटक तापक्रम शून्य डिग्रीभन्दा तल झरेकोमा ३०० घण्टाभन्दा बढी समय तापक्रम त्यो रेखा मुनि नै थियो,’ स्थानीय समाचारलाई उदृत गर्दै सिएनएनले लेखेको छ।

अत्यधिक चिसोका कारण बेइजिङको मेट्रोमा समेत समस्या आएको छ। हेनान प्रान्तमा कतिपय सिस्टममा समस्या समेत देखिएको थियो। अत्याधिक चिसो भएपछि न्यानो बनाउने जियाओजुओ शहरमा रहेको वाङफाङ पावर प्लान्टमा पनि समस्या आएको थियो।

पुयाङ र पिङदिङशानले पनि कतिपय सरकारी भवन र राज्य सञ्चालित कम्पनीहरूमा ‘हिटिङ’ गर्न रोकिएको छ। अस्पताल, विद्यालय र आवासीय क्षेत्रका भवनहरूमा हिटिङ गर्न थालिएको हो।

Published Date: 25 December 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर