तातोपानी कुण्डमा पूर्वाधार निर्माण

तातोपानी कुण्डमा पूर्वाधार निर्माण : Icon Khabar

म्याग्दी, पुस ९ । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा पूर्वाधार विस्तार भएको छ । पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानीमा स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण गरिएको हो ।

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले एउटै पक्की भवनमा महिला र पुरुषका लागि कपडा फेर्ने छुट्टाछुट्टै दुई वटा कोठा बनाइएको जानकारी दिए । ‘जस्तापाटाको छाना भएको टहरामा पाहुनालाई कपडा फेर्न असजिलो भएको थियो’, उनले भने, ‘कपडा झुण्डाउने, बेञ्चमा बसेर कपडा फेर्न मिल्ने कोठा भएपछि सहज भएको छ ।’

कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक, आकर्षक र वरपर बगैँचा बनाएर सौन्दर्यकरण गरिएको छ । बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइएको छ । शरीर डुबाएर स्नान गर्ने तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटाको प्रयोग गरिएको छ ।

पर्यटन बोर्ड पोखराका प्रमुख नवीन पोखरेलका अनुसार तातोपानी कुण्डको सौन्दर्यकरण गर्न गत आर्थिक वर्ष २०७९/८० मा रू १५ लाख बजेट विनियोजन भएको थियो । सौन्दर्यकरणका लागि कुण्ड समितिले थप रू तीन लाख लागत साझेदारी गरेको उनले जानकारी दिए । दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र बुद्धको मूर्तिसहितको स्तम्भ निर्माण गरेका थिए । म्याग्दी नदीको किनारमा प्राकृतिकरुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा पाहुनाहरु आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 December 2023
Website | + posts


ताजा
कमलविनायक सहकारीकाे आयाेजाामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
नेपाल घुम्न आउने विदेशी पर्यटकले पाँच हजार अमेरिकी डलरसम्म ल्याउन पाउने
भक्तपुरको न:पुखुमा आजबाट घरेलु उत्पादन प्रवर्द्वन मेला सुरु
‘ऊनको स्वीटर’ फिल्म चौथो हप्तामा, २०८२ को पहिलो सुपरहिट
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग