प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा एसियन र श्रृजनशील प्रवेश

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा एसियन र श्रृजनशील प्रवेश : Icon Khabar

काठमाडौं, पुस ९ । एसियन पब्लिक र श्रृजनशील १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को कोर्टमा एसियनले चैतन्यलाई ७–२ ले पराजित गर्यो । एसियनको जितमा सारिका बोहराले ३ अंक योगदान गरिन् । कुञ्जना मगरको ६ अंक सहयोगमा श्रृजनशीलले लिभरपुललाई १२–४ ले हरायो ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समै काठमाडौं जेभियर्सले हेम्सलाई ९–८ तथा इनोभेटिभले सनसाइनलाई १९–१४ ले पाखा लगाए । काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले ६ तथा इनोभेटिभकी रिद्धि घर्ती मगरले १७ स्कोर गरे । सेमिफाइनलमा काठमाडौं जेभियर्सको भेट इनोभेटिभसंग हुनेछ भने एसियनले श्रृजनशीलको सामना गर्ने छ ।

सिनियर ब्वाइजमा एआईएले भद्रघलेलाई २७–१५, हेम्सले स्वप्नवाटिकालाई ३३–२०, काठमाडौं जेभियर्सले सूर्योदयलाई ३५–११ र सनसाइनले स्पाङगललाई ३०–१७ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एआईएका पर्वत पाण्डेले ७, हेम्सका आयुश कटुवालले १०, काठमाडौं जेभियर्सका रमितले १० र सनसाइनका सफल तामाङले १५ अंक बटुले । सेमिफाइनल हेम्स र सनसाइन तथा काठमाडौं जेभियर्स र एआईएबीच हुनेछ ।

जुनियर ब्वाइजमा एआईएले लिटिल फ्लावरलाई ८–६, काठमाडौं जेभियर्सले स्वप्नवाटिकालाई १७–१४, सनसाइनले स्पाङगललाई १६–११ र चैतन्यले इनोभेटिभलाई १५–१३ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । एआईएका आविस्कार बुढाले ४, काठमाडौं जेभियर्सका श्रीयानले ५, सनसाइनका ऋतिक गिरीले ६ र चैतन्यका एलिस तामाङले ९ अंक जोडे । सेमिफाइनलमा काठमाडौं जेभियर्सले चैतन्य तथा एआईएले सनसाइन विरुद्ध खेल्ने छन् ।

Published Date: 25 December 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?