प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा एसियन र श्रृजनशील प्रवेश

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा एसियन र श्रृजनशील प्रवेश : Icon Khabar

काठमाडौं, पुस ९ । एसियन पब्लिक र श्रृजनशील १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को कोर्टमा एसियनले चैतन्यलाई ७–२ ले पराजित गर्यो । एसियनको जितमा सारिका बोहराले ३ अंक योगदान गरिन् । कुञ्जना मगरको ६ अंक सहयोगमा श्रृजनशीलले लिभरपुललाई १२–४ ले हरायो ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समै काठमाडौं जेभियर्सले हेम्सलाई ९–८ तथा इनोभेटिभले सनसाइनलाई १९–१४ ले पाखा लगाए । काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले ६ तथा इनोभेटिभकी रिद्धि घर्ती मगरले १७ स्कोर गरे । सेमिफाइनलमा काठमाडौं जेभियर्सको भेट इनोभेटिभसंग हुनेछ भने एसियनले श्रृजनशीलको सामना गर्ने छ ।

सिनियर ब्वाइजमा एआईएले भद्रघलेलाई २७–१५, हेम्सले स्वप्नवाटिकालाई ३३–२०, काठमाडौं जेभियर्सले सूर्योदयलाई ३५–११ र सनसाइनले स्पाङगललाई ३०–१७ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एआईएका पर्वत पाण्डेले ७, हेम्सका आयुश कटुवालले १०, काठमाडौं जेभियर्सका रमितले १० र सनसाइनका सफल तामाङले १५ अंक बटुले । सेमिफाइनल हेम्स र सनसाइन तथा काठमाडौं जेभियर्स र एआईएबीच हुनेछ ।

जुनियर ब्वाइजमा एआईएले लिटिल फ्लावरलाई ८–६, काठमाडौं जेभियर्सले स्वप्नवाटिकालाई १७–१४, सनसाइनले स्पाङगललाई १६–११ र चैतन्यले इनोभेटिभलाई १५–१३ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । एआईएका आविस्कार बुढाले ४, काठमाडौं जेभियर्सका श्रीयानले ५, सनसाइनका ऋतिक गिरीले ६ र चैतन्यका एलिस तामाङले ९ अंक जोडे । सेमिफाइनलमा काठमाडौं जेभियर्सले चैतन्य तथा एआईएले सनसाइन विरुद्ध खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 December 2023
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ