काभ्रेपलान्चोकमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रेपलान्चोकमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु : Icon Khabar

बनेपा, पुस ८ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ मा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आइतबार मध्यान्ह १२ बजेको समयमा पनौती नगरपालिका– १ बुढापोखरीबाट पर्खालचौर तर्फ आउँदै गरेको बा ४१ प २५३२ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकबाट करिब २० फिट तल खसेको हो ।

दुर्घटनामा स्कुटर चालक स्थानीय ४५ वर्षका मंगलबहादुर श्रेष्ठको घट्ना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा स्कुटरमा सवार सोही स्थानका ३० वर्षका कुमार श्रेष्ठ घाइते हुनुभएको छ । उहाँलाई उपचारको लागि शिरमेमोरियल अस्पताल बनेपा पठाइएको छ ।

घाइते कुमारको टाउकोमा चोट रहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2023
Website | + posts