काभ्रेपलान्चोकमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रेपलान्चोकमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु : Icon Khabar

बनेपा, पुस ८ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ मा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आइतबार मध्यान्ह १२ बजेको समयमा पनौती नगरपालिका– १ बुढापोखरीबाट पर्खालचौर तर्फ आउँदै गरेको बा ४१ प २५३२ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकबाट करिब २० फिट तल खसेको हो ।

दुर्घटनामा स्कुटर चालक स्थानीय ४५ वर्षका मंगलबहादुर श्रेष्ठको घट्ना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा स्कुटरमा सवार सोही स्थानका ३० वर्षका कुमार श्रेष्ठ घाइते हुनुभएको छ । उहाँलाई उपचारको लागि शिरमेमोरियल अस्पताल बनेपा पठाइएको छ ।

घाइते कुमारको टाउकोमा चोट रहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Published Date: 24 December 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय