विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल

विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, पुस ८ । सरकारले विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३७ वटा मूर्ति फिर्ता गर्न अमेरिका, फ्रान्स, चीन, भारत, अस्ट्रेलिया, बेलायत लगायतका राष्ट्रहरूसँग कूटनैतिक पहल भइरहेको जनाएको हो ।

मन्त्रालयले सरकारको एक वर्ष पुरा हुन लागेको अवसरमा तयार गरेको एक वर्षे कार्य प्रगतिमा नेपालबाट अनधिकृत रूपमा चोरी पैठारी भएका सांस्कृतिक सम्पदाहरूमध्ये एक वर्षमा १० वटा मूर्ति नेपाल फिर्ता ल्याइएको जनाएको छ । यस्तै ६ वटा मूर्ति आवश्यक प्रक्रिया पुरा भएर नेपाल फिर्ता हुने क्रममा रहेको पनि मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो