विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल

विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, पुस ८ । सरकारले विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३७ वटा मूर्ति फिर्ता गर्न अमेरिका, फ्रान्स, चीन, भारत, अस्ट्रेलिया, बेलायत लगायतका राष्ट्रहरूसँग कूटनैतिक पहल भइरहेको जनाएको हो ।

मन्त्रालयले सरकारको एक वर्ष पुरा हुन लागेको अवसरमा तयार गरेको एक वर्षे कार्य प्रगतिमा नेपालबाट अनधिकृत रूपमा चोरी पैठारी भएका सांस्कृतिक सम्पदाहरूमध्ये एक वर्षमा १० वटा मूर्ति नेपाल फिर्ता ल्याइएको जनाएको छ । यस्तै ६ वटा मूर्ति आवश्यक प्रक्रिया पुरा भएर नेपाल फिर्ता हुने क्रममा रहेको पनि मन्त्रालयको भनाइ छ ।

Published Date: 24 December 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु