चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब ७९ अर्ब रुपैयाँ व्यापार घाटा

चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब ७९ अर्ब रुपैयाँ व्यापार घाटा : Icon Khabar

काठमाडौँ, पुस ८ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म वस्तु व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ थियो ।

भन्सार विभागका अनुसार सबैभन्दा बढी भारतसँग ३ खर्ब ५२ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ व्यापार घाटा छ । चालु आर्थिक वर्षको पाँच महिनामा भारतबाट ३ खर्ब ९४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने ४३ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको हाे ।

चीनसँग १ खर्ब २४ अर्ब ५८ करोड ७७ लाख रुपैयाँले व्यापार घाटा रहेकाे विभागकाे तथ्या‌ंक छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ खर्ब २५ अर्ब ६२ करोड १२ लाख रुपैयाँको वस्तु आयात गर्दा १ अर्ब ३ करोड ३४ लाख रुपैयाँको वस्तु निर्यात गरिएको छ ।

Published Date: 24 December 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय