चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब ७९ अर्ब रुपैयाँ व्यापार घाटा

चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब ७९ अर्ब रुपैयाँ व्यापार घाटा : Icon Khabar

काठमाडौँ, पुस ८ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म वस्तु व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ थियो ।

भन्सार विभागका अनुसार सबैभन्दा बढी भारतसँग ३ खर्ब ५२ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ व्यापार घाटा छ । चालु आर्थिक वर्षको पाँच महिनामा भारतबाट ३ खर्ब ९४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने ४३ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको हाे ।

चीनसँग १ खर्ब २४ अर्ब ५८ करोड ७७ लाख रुपैयाँले व्यापार घाटा रहेकाे विभागकाे तथ्या‌ंक छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ खर्ब २५ अर्ब ६२ करोड १२ लाख रुपैयाँको वस्तु आयात गर्दा १ अर्ब ३ करोड ३४ लाख रुपैयाँको वस्तु निर्यात गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 24 December 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू