नयाँ नेपाली फिल्म ‘राजमहल’ निर्माण हुने, फिल्मको बजेट ४ करोड

नयाँ नेपाली फिल्म ‘राजमहल’ निर्माण हुने, फिल्मको बजेट ४ करोड : Icon Khabar

काठमाडौं, पुस ८ । दरबारको कथा समेटेर नयाँ नेपाली फिल्म ‘राजमहल’ निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा अभिनय गर्ने कलाकारहरुको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको छ ।

सुरावाती चरणमा ‘ह्वाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा फिल्मको शीर्ष ‘राजमहल’ राखिएको छ ।

सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने यो फिल्ममा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदैछिन् । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन ।

यो फिल्ममा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पबीले पनि यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

करिब चार करोड रुपैयाँको बजेटमा बन्ने भनिएको यो फिल्मको छायांकन माघको पहिलो सातादेखि अष्ट्रेलियाबाट प्रारम्भ हुनेछ भने न्युजिल्याण्डसम्म पुगेर केही दृष्य खिचिने बताइएको छ । फिल्मको ७० प्रतिशत छायांकन भने नेपालमै गरिने छ ।

यो फिल्ममा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ आदि कलाकारको साथमा रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी आदि कलाकारले पनि यसमा अभिनय गर्दैछन् ।

पुरुषोत्तम प्रधानले खिच्ने यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरिको संगीत निर्देशन रहने छ ।

निर्देशकसमेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको यो फिल्मका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग हुन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे तथा प्रिन्स युवराज कार्की जोडिएका छन् । त्यसैगरी सह–निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलियाबाट सहकार्य गरेका छन् ।

कार्यक्रममा निर्देशक तोलाङ्गीले फिल्मको कथालाई न्याय गर्ने गरि आफूले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन भने अभिनेत्री आँचलले यो फिल्मको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफू आतुर रहेको बताइन ।

अभिनेता रमेश उप्रेतीले भने अहिले नै आफूले ठूलो कुरा नगर्ने, फिल्मको छायांकन पुरा भएपछि मात्र बोल्ने बताए ।

कार्यक्रममा राजदरबारको प्रसङ्ग निस्किँदा नेपालको राजदरबार हत्याकाण्डको विषयमा कलाकारहरुले फरक–फरक मत राख्दा रमेश उप्रेतीले भने दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रको नै भूमिका हुने ठोकुवा समेत गरेका छन् ।

Published Date: 24 December 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता