नयाँ नेपाली फिल्म ‘राजमहल’ निर्माण हुने, फिल्मको बजेट ४ करोड

नयाँ नेपाली फिल्म ‘राजमहल’ निर्माण हुने, फिल्मको बजेट ४ करोड : Icon Khabar

काठमाडौं, पुस ८ । दरबारको कथा समेटेर नयाँ नेपाली फिल्म ‘राजमहल’ निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा अभिनय गर्ने कलाकारहरुको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको छ ।

सुरावाती चरणमा ‘ह्वाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा फिल्मको शीर्ष ‘राजमहल’ राखिएको छ ।

सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने यो फिल्ममा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदैछिन् । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन ।

यो फिल्ममा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पबीले पनि यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

करिब चार करोड रुपैयाँको बजेटमा बन्ने भनिएको यो फिल्मको छायांकन माघको पहिलो सातादेखि अष्ट्रेलियाबाट प्रारम्भ हुनेछ भने न्युजिल्याण्डसम्म पुगेर केही दृष्य खिचिने बताइएको छ । फिल्मको ७० प्रतिशत छायांकन भने नेपालमै गरिने छ ।

यो फिल्ममा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ आदि कलाकारको साथमा रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी आदि कलाकारले पनि यसमा अभिनय गर्दैछन् ।

पुरुषोत्तम प्रधानले खिच्ने यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरिको संगीत निर्देशन रहने छ ।

निर्देशकसमेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको यो फिल्मका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग हुन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे तथा प्रिन्स युवराज कार्की जोडिएका छन् । त्यसैगरी सह–निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलियाबाट सहकार्य गरेका छन् ।

कार्यक्रममा निर्देशक तोलाङ्गीले फिल्मको कथालाई न्याय गर्ने गरि आफूले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन भने अभिनेत्री आँचलले यो फिल्मको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफू आतुर रहेको बताइन ।

अभिनेता रमेश उप्रेतीले भने अहिले नै आफूले ठूलो कुरा नगर्ने, फिल्मको छायांकन पुरा भएपछि मात्र बोल्ने बताए ।

कार्यक्रममा राजदरबारको प्रसङ्ग निस्किँदा नेपालको राजदरबार हत्याकाण्डको विषयमा कलाकारहरुले फरक–फरक मत राख्दा रमेश उप्रेतीले भने दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रको नै भूमिका हुने ठोकुवा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2023
Website | + posts