उच्च ग्रेड प्राप्त गर्न नसकेका विदेशी विद्यार्थीहरुलाई बेलायत बस्नबाट रोक लगाउने

उच्च ग्रेड प्राप्त गर्न नसकेका विदेशी विद्यार्थीहरुलाई बेलायत बस्नबाट रोक लगाउने : Icon Khabar

काठमाडौं, पुस ८ । बेलायतले विदेशी विद्यार्थीहरुले दुई वर्षको स्नातकोत्तर भिसामा पर्याप्त उच्च ग्रेड प्राप्त गर्न नसकेमा बेलायत बस्नबाट रोक लगाउने देखिएको छ ।

बेलायत सरकारका शीर्ष सल्लाहकार तथा गृह सचिव जेम्स क्लेभर्लीले नै माइग्रेसन एड्भाइजरी कमिटीलाई उच्च ग्रेड प्राप्त गरेका विदेशी विद्यार्थीहरुलाई मात्र बेलायतमा बस्न दिने व्यवस्था गर्न सुझाव दिएको बेलायती पत्रिका ‘द टेलिग्राफ’ ले उल्लेख गरेको छ ।

आप्रवासीको संख्या ३ लाखले घटाउने उद्देश्यले अगाडि सारिएको ५ बुँदे नीतिको एक भागका रुपमा स्नातकोत्तर अध्ययनको भिसाको समीक्षा गर्न सुझाव दिइएको होे । बेलायतले गत जुनमा स्नातकोत्तर तहको अध्ययन सकेका ९८ हजार विदेशी विद्यार्थीहरुलाई बेलायतमा बस्नको लागि थप दुई वर्षको भिसाका दिएको थियो ।

यद्दपि, उक्त भिसा न्यून सीपका कामका लागि वा रोजगारी बिना बेलायत बस्ने माध्यमका रुपमा प्रयोग भइरहेको बारे सरकारले चिन्ता व्यक्त गरेको बताइएको छ । हाल बेलायतमा विश्वविद्यालय अध्ययन गर्नेहरुले कुनै निश्चित वा विशेष ग्रेड प्राप्त गर्नुपर्ने भन्ने कुनै व्यवस्था नरहेको माइग्रेसन एड्भाइजरी कमिटीका अध्यक्ष प्रोफेसर ब्रायन बेलले बताएका छन् ।

तर अब बेलायत बस्न निश्चित ग्रेड ल्याउनै पर्छ भन्ने विषयमा समीक्षा गर्न आवश्यक रहेको उनले बताएका छन् । कमिटीले यस विषयमा थप अध्ययन गरेर निश्चित विश्वविद्यालयबाट वा निश्चित पाठ्यक्रम पूरा गरेका विदेशी विद्यार्थीहरुलाई मात्र बेलायत बस्न अनुमति दिने बताएका छन् । साथै, विदेशी विद्यार्थीहरुले निश्चित काम मात्र गर्न पाउने व्यवस्था गरिने तयारी भएको छ ।

बेलायतका पूर्वअध्यागमन मन्त्री रोबर्ट जेनेरिकले धेरै बेलायती विश्वविद्यालयहरु शिक्षाको साटो विद्यार्थी ल्याउनेमा मात्र केन्द्रीत रहेको र विद्यार्थीहरुलाई बेलायत भित्र्याउन न्यून ग्रेड तथा छोटो पाठ्यक्रमको कोर्सलाई प्रवर्द्धन गरेको बताएका थिए ।बेलायतले सन् २०२४ जनवरीदेखि लागू हुने गरी विद्यार्थी भिसाका नयाँ नियम अघि सारेको छ ।

जसमा पीएचडी वा पोस्ट ग्राजुएट रिसर्च बाहेकका शैक्षिक कार्यक्रममा भर्ना भएका विदेशी विद्यार्थीहरुले डिपेन्डेन्ट भिसामा परिवारका सदस्यसमेत लैजान पाउने छैनन् । यसअघि अष्ट्रोलियाले पनि विदेशी विद्यार्थीलाई कडाई गर्नै बताइसकेको छ ।

Published Date: 24 December 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी