भक्तपुर अस्पताललाई ३०० शय्याको अस्पताल बनाउने बागमती प्रदेश सरकारको निर्णय

भक्तपुर अस्पताललाई ३०० शय्याको अस्पताल बनाउने बागमती प्रदेश सरकारको निर्णय : Icon Khabar

काठमाडौं, पुस ४ । बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

हेटौँडा अस्पताल र भक्तपुर अस्पताललाई ३०० शय्या बनाउने निर्णय भएको छ । हाल ती अस्पतालहरू १०० शय्या क्षमतामा सञ्चालन हुँदै आएका छन् ।

धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई १०० शय्या बनाउने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरिएको हो।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुका लागि १ हजार ६६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय पनि मन्त्रीपरिषद्को बैठकले गरेको छ ।

Published Date: 20 December 2023


ताजा
आजको मौसम:हिमाली र पहाडी क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
इरानमाथि १०० पटक थप आक्रमण गर्न पनि पछि हट्दिनः ट्रम्प
सर्वोच्चद्वारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली