भक्तपुर अस्पताललाई ३०० शय्याको अस्पताल बनाउने बागमती प्रदेश सरकारको निर्णय

भक्तपुर अस्पताललाई ३०० शय्याको अस्पताल बनाउने बागमती प्रदेश सरकारको निर्णय : Icon Khabar

काठमाडौं, पुस ४ । बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

हेटौँडा अस्पताल र भक्तपुर अस्पताललाई ३०० शय्या बनाउने निर्णय भएको छ । हाल ती अस्पतालहरू १०० शय्या क्षमतामा सञ्चालन हुँदै आएका छन् ।

धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई १०० शय्या बनाउने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरिएको हो।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुका लागि १ हजार ६६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय पनि मन्त्रीपरिषद्को बैठकले गरेको छ ।

Published Date: 20 December 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?