सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त : Icon Khabar

काठमाडौं, पुस ४ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गरेका छन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन्।

न्यायाधीशमा नियुक्ति पाउनु हुनेहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल रहनु भएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिए।

Published Date: 20 December 2023
ताजा
अष्ट्रेलियाको बेरोजगारी बढ्यो , बेरोजगारी दर बढेर ४.३ प्रतिशत
आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्यो
आइकन मिडिया हाउस प्रा. लि.को तेस्रो वार्षिकोत्सवमा भेटघाट कार्यक्रम सम्पन्न
मन्टेसरी एजुकेशन स्कुलमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता