नक्कली सवारी दर्ता किताव बनाउने दुई जना पक्राउ

नक्कली सवारी दर्ता किताव बनाउने दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, पुस २ । लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् ।

केही व्यक्तिहरुले लिखत किर्ते गरी सवारी दर्ता किताव लगायतका कागजातहरु तयार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिल बहादुरलाई काठमाडौं कालीमाटीबाट र आइतसिंहलाई मनोहरा नगरपालिका-१ बम्ह्रखेलबाट पक्राउ गरेको हो । उनीहरूबाट बाग्मती प्रदेश ०१ ०२५ च २७५९ नम्वरको कारको ब्लुबुक १ थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र ४ थान, कार ५ थान, विभिन्न सरकारी कार्यालयका छापहरु ४ थान र मोबाइल २ थान बरामद भएको छ ।

उनीहरुलाई लिखत किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Published Date: 18 December 2023


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास