अबैध रकमसहित वडाध्यक्ष पक्राउ

अबैध रकमसहित वडाध्यक्ष पक्राउ : Icon Khabar

बारा, पुस २ । बाराको जीतपुरसिमरा वडा नं. ३ का वडाअध्यक्ष तारा बाहादुर कार्की पक्राउ परेका छन् । कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुरस्थित जैसवाल होटलबाट नगद पाँच लाख सहित पक्राउ परेका हुन् ।

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका कार्कीलाई प्लटिङ्गको जग्गामा बाटो बनाईदिने भनेर रकम माग गरेपछि अख्तियारले पक्राउ गरेको हो ।

प्लटिङ्गको जग्गामा बाटो बनाउन स्थानीय राजन उप्रेतीसग कार्कीले रकम माग गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले कार्कीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप क्षेत्रीले बताएका छन्।

Published Date: 18 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग