अबैध रकमसहित वडाध्यक्ष पक्राउ

अबैध रकमसहित वडाध्यक्ष पक्राउ : Icon Khabar

बारा, पुस २ । बाराको जीतपुरसिमरा वडा नं. ३ का वडाअध्यक्ष तारा बाहादुर कार्की पक्राउ परेका छन् । कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुरस्थित जैसवाल होटलबाट नगद पाँच लाख सहित पक्राउ परेका हुन् ।

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका कार्कीलाई प्लटिङ्गको जग्गामा बाटो बनाईदिने भनेर रकम माग गरेपछि अख्तियारले पक्राउ गरेको हो ।

प्लटिङ्गको जग्गामा बाटो बनाउन स्थानीय राजन उप्रेतीसग कार्कीले रकम माग गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले कार्कीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप क्षेत्रीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 December 2023
Website | + posts




ताजा
स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)