काठमाडौँ, मंसिर २६ । संयुक्त अधिराज्य बेलायत तथा भक्तपुरका साइकल प्रेमीहरू गत शनिबार भक्तपुरमा सम्पदा तथा सद्भावना साइकल यात्रामा सहभागी भएका छन्।
बेलायतमा बसोबास गर्ने नेपाली साइकलप्रेमीहरूको समुह “नेपाली साइकलिङ क्लब यु.के.” बाट आउनुभएका पाहुनाहरूलाई भक्तपुरका साइकल प्रेमीहरूको समुह साइकल कनेक्ट भक्तपुरका सदस्यहरूले ऐतिहासिक भक्तपुर दरबार क्षेत्रमा स्वागत गरेका थिए।
नेपाली साइकलिङ क्लब यु.के.का सदस्यहरू सुलभ पन्त, नारायण अधीकारी, कुमार अधिकारीका साथै विषेश पाहुनाको रूपमा चिरपरिचित गायक जेम्स प्रधानले साइकल यात्रा गरेर युनेश्को विश्व सम्पदामा सुचिकृत भक्तपुरका लायकुमा अवस्थि तलेजु भवानी परिसर, टौमढी, दत्तात्रय तथा चाँगुनारायणमा रहेका सम्पदा भ्रमण तथा अवलोकन गरेका थिए।
यस महत्वपुर्ण कार्यक्रमका दौरान यु.के.का साइकलिस्ट कुमार अधिकारीले युरोपको विभिन्न देशमा साइकल यात्रा गर्दा काठमाडौं उपत्यकाका अलौकिक सम्पदाहरू विश्वको नै अमुल्य सम्पदा भएको आफुले महशुस गरेको बताए।
काठमाडौं उपत्यकामा पनि विषेश रूपमा भक्तपुरको ऐतिहासिक सम्पदाहरू आजसम्म पनि मौलिकता जोगाउन सफल रहेकोमा खुसी व्यक्त गरे। साथै अर्का साइकलिष्ट नारायण अधिकारीले यस विषेश साइकल यात्राका दौरान भक्तपुरका विभिन्न सम्पदाहरूको विषयमा थप जानकारी पाउँदा यसको महत्व बढेको महशुस भएको बताए।
गायक जेम्स प्रधानले भक्तपुर आफ्नो पुर्खौली स्थान रहेको र यहाँ आउँदा सधै विशेष आत्मियता पाउने बताए। साथै साइकलिष्ट सुलभ पन्तले भक्तपुरमा यति रमाइलो साइकल गन्तव्यहरू रहेको र यस्ता गन्तव्यहरूको विभिन्न कार्यक्रम गरेर थप प्रचार गर्न सके लन्डनको बक्स हिल जस्तै हरेक बिदाको दिन साइकल प्रेमीहरूले भरिभराउन हुन सक्ने विश्वास व्यक्त गर्नु भयो साथै साइकल कनेक्ट भक्तपुरका सदस्यहरूलाई भविष्यमा युरोपको साइकल भ्रमणको लागि पनि निमन्त्रणा गरे।
भक्तपुरको विभिन्न सम्पदाहरूको ऐतिहासिक किंवदन्ती, लोककथन तथा तथ्यहरूको बारे साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बालाले बताउदै भक्तपुरमा साइकल सम्बन्धि भइरहेको विभिन्न गतिविधिहरू साइकल विक्ली, फ्रेस फ्राइडे, साइकलिङ मैंचा, फ्लिपर्स तथा साइकल कल्चल क्वेस्टको विषयमा जानकारी गराए।
साथै सल्लाहकार गणेश प्रसाद दुवालले चांगुनारायण परिसरको विभिन्न सम्पदाको जानकारी गराउँदै यस प्रकारको सद्भावना साइकल यात्राले साइकल संस्कृति विकासमा टेवा दिने विश्वास र भविष्यमा पनि बेलायत लगायत अन्य स्थानबाट आउने साइकल प्रेमीहरूलाई भक्तपुरमा स्वागत गर्ने बताए।
यस कार्यक्रमा भक्तपुरबाट सुनिल ख्याजु, बिकेश थुसा, जीवन वातांकछि तथा रियाज कर्माचार्यको पनि सहभागिता रहेको थियो।
Published Date: 12 December 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1