मंगलबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर २६ । सुनको भाउमा लगातार ३ दिन घटेको छ ।

यो ३ दिनमा सुनको भाउ २५ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख १६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार र सोमबार सुनको भाउ क्रमशः प्रतितोला १३ सय र ५०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुन १ लाख १७ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १६ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ ।
आज चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोहि मूल्यमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2023
Website | + posts