नेपालले टस हार्यो : ब्याटिङको निम्तो

नेपालले टस हार्यो : ब्याटिङको निम्तो : Icon Khabar

काठमाडौँ, मंसिर २६ । नेपालले एसिसी यू१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ । नेपाललाई मिराकल जित मात्रै पर्याप्त हुनेछैन । उता पाकिस्तानले अफगानिस्तानलाई हराउन पर्छ । यो अवस्थामा नेपाल, भारत र अफगानिस्तानको समान २ अंक हुनेछ । नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नसक्छ ।

नेपालको नेटरनरेट माइनस २।०२४, भारतको ०।४५४ र अफगानिस्तानको ०।२०३ छ । नेपालले दुबै खेलमा राम्रो ब्याटिङ गर्न सकेको छैन । पाकिस्तानसँग १ सय ५२ र अफगानिस्तानसँग १ सय ८८ रनमा अल आउट भएको थियो । पाकिस्तानसँग उत्तमथापा मगरले सर्वाधिक ५१ र अफगानिस्तानसँग अर्जुन कुमालले ९१ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने