नेपालले टस हार्यो : ब्याटिङको निम्तो

नेपालले टस हार्यो : ब्याटिङको निम्तो : Icon Khabar

काठमाडौँ, मंसिर २६ । नेपालले एसिसी यू१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ । नेपाललाई मिराकल जित मात्रै पर्याप्त हुनेछैन । उता पाकिस्तानले अफगानिस्तानलाई हराउन पर्छ । यो अवस्थामा नेपाल, भारत र अफगानिस्तानको समान २ अंक हुनेछ । नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नसक्छ ।

नेपालको नेटरनरेट माइनस २।०२४, भारतको ०।४५४ र अफगानिस्तानको ०।२०३ छ । नेपालले दुबै खेलमा राम्रो ब्याटिङ गर्न सकेको छैन । पाकिस्तानसँग १ सय ५२ र अफगानिस्तानसँग १ सय ८८ रनमा अल आउट भएको थियो । पाकिस्तानसँग उत्तमथापा मगरले सर्वाधिक ५१ र अफगानिस्तानसँग अर्जुन कुमालले ९१ रन बनाएका थिए ।

Published Date: 12 December 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली