देशको अर्थतन्त्र क्रमशः सुधारको गतिमा रहेको छ: अर्थमन्त्री डा. महत

देशको अर्थतन्त्र क्रमशः सुधारको गतिमा रहेको छ: अर्थमन्त्री डा. महत : Icon Khabar

काठमाडौँ, मंसिर १९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र क्रमशः सुधारको गतिमा रहेको बताएका छन् ।

पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताएका हुन् ।अर्थमन्त्रीले भने, “नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । अब व्यवसायीका समस्या समाधान हुँदै जान्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ ।पछिल्लो समय समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । ”

उनले अर्थतन्त्रमा पूरा सुधारमा आउन भने अझै केही समय लाग्ने बताए ।अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको अर्थमन्त्रीले दाबी गरे । विगतमा सहजरुपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गा, सेयर बजार र क्रिप्टोमा समेत भित्रीरुपमा पैसा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन भने ढिला भएको बताए ।

उनले भने, “घर जग्गाको कारोबारमा सुधार हुन लागेको छ ।” ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरुको हकमा ब्याज छुट, समय थप लगायतका विषयमा सरकारले राहतका लागि कोशिस गरिरहेको उनको भनाइ छ ।सञ्चारकर्मीको जिज्ञासामा अर्थमन्त्रीले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताए ।

उनले भने “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण हो । यस्तो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।” आधिकारिकरुपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा प्राधिकरणका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए।

फरक प्रसंगमा अर्थमन्त्री डा. महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पारे । उनले भने, “अहिले त्यस्तो केही प्रक्रिया अघि वढेको छैन, हल्लामात्रै हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 December 2023
Website | + posts