मनाङमा अवस्थित विश्वको सबैभन्दा बढी उचाईमा रहेको ताल: तिलिचो ताल (फोटो फिचर) तपाई जानुभयो ?

मनाङमा अवस्थित विश्वको सबैभन्दा बढी उचाईमा रहेको ताल: तिलिचो ताल (फोटो फिचर) तपाई जानुभयो ? : Icon Khabar
तस्बिर: रूबन प्रजापति

मनाङ, मंसिर १९ । तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।

तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ ।

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ । यस तालमा पुग्न खासारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रा पछि तिलिचो बेस क्याम्पमा पुग्न सकिन्छ ।

यहाँ रहेको होटलमा खान बस्नको सुविधा राम्रो भएकाले पर्यटक यहाँ खाने बस्ने गर्दछन् । बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालो पछि तिलिचो ताल पुग्न सकिन्छ ।

श्रीखर्कबाट बेसक्यामसम्मको घोडेटो बाटोमा आवतजावत गर्न कठिनाइ भएपछि पर्यटन व्यवसायी तथा स्थानीयले मर्मत गरी केही सहज बनाएका छन् । बेँसीशहरदेखि खासरसम्म जिपमा जान सकिन्छ । खासर बाटो घडेटो बाटो भएकाले घोडा वा पैदलयात्रा गर्नुपर्ने हुन्छ ।

तिलिचो ताल धार्मिक रुपले पनि निकै महत्व मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि आउने गर्दछन् ।

नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ।

Published Date: 05 December 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु