भारतमा सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभाव : चेन्नईमा पाँचको मृत्यु, सबै उडान रद्द

भारतमा सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभाव : चेन्नईमा पाँचको मृत्यु, सबै उडान रद्द : Icon Khabar

नयाँदिल्ली, मंसिर १९ । सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएको छ । सामुद्रिक आँधी ‘मिचाउङ’ को प्रभावका कारण तमिलनाडु र आन्ध्र प्रदेशका कयौं स्थानमा भारी वर्ष भइरहेको छ ।

आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र बाढीले चेन्नईमा हालसम्म ५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

Published Date: 05 December 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु