काठमाडौं, मंसिर ५ । माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध मंगलबार दुई वटा दर्ता भएका हुन् ।
सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्चमा अधिवक्ताद्वय स्वागत नेपाल र प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट दर्ता भएको जानकारी दिए । उनले उक्त रिटमाथि भोलि (बुधबार)का लागि पेसी तोकिएको पनि बताएका छन्।
Published Date: 21 November 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1