यहि मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुने, नेपाली १० टिम र चीनका १० टिम सहभागी हुने

यहि मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुने, नेपाली १० टिम र चीनका १० टिम सहभागी हुने : Icon Khabar

काठमाडौँ, मंसिर ५ । नेपाल पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदुतावास तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुने भएको छ । पर्यटन बोर्डमा मंगलबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोशिएशन र होटल एशोसिएशन पोखरा सहआयोजना रहेको (अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेसमा नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने प्रतियोगितामा नेपाली १० टिम र चीनका १० टिम सहभागी हुनेछन् । एउटा टिममा ३ जनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुनेछन् ।

यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण हुन सकेको थिएन । यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पर्यटक नोभेम्बर २३ मा पोखरा आउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न