यहि मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुने, नेपाली १० टिम र चीनका १० टिम सहभागी हुने

यहि मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुने, नेपाली १० टिम र चीनका १० टिम सहभागी हुने : Icon Khabar

काठमाडौँ, मंसिर ५ । नेपाल पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदुतावास तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुने भएको छ । पर्यटन बोर्डमा मंगलबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोशिएशन र होटल एशोसिएशन पोखरा सहआयोजना रहेको (अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेसमा नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने प्रतियोगितामा नेपाली १० टिम र चीनका १० टिम सहभागी हुनेछन् । एउटा टिममा ३ जनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुनेछन् ।

यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण हुन सकेको थिएन । यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पर्यटक नोभेम्बर २३ मा पोखरा आउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताए।

Published Date: 21 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु