टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी : Icon Khabar

काठमाडौँ, कार्तिक २८ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

प्रधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ प्राधिकरणको निर्देश/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्‍य हुने र सेवा प्रदायकले त्‍यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्‍चार ऐन, २०५३को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्‍ने व्‍यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’

Published Date: 14 November 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न