जुवा खेलिरहेको अवस्थामा ४२ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा ४२ जना पक्राउ : Icon Khabar

कञ्चनपुर, कार्तिक २८ । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी तीन लाख पाँच हजार रूपैयाँभन्दा बढी पैसा बरामद गरिएको जानकारी दिए।

जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट दुई लाख ५८ हजार रूपैयाँ बरामद गरिएको छ। त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए।

यस्तै बेलौरीबाट २२ हजार रूपैयाँसहित आठलाई नियन्त्रणमा लिइएको छ।

हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सुक्ष्म रूपमा नियालिरहेका छौं,’ प्रहरी उपरीक्षक थापाले भने, ‘पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारबाही गर्छौं।’

प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 November 2023
Website | + posts