भाईटीकाका लागि डेढ अर्ब मूल्य बराबरको आयात

भाईटीकाका लागि डेढ अर्ब मूल्य बराबरको आयात : Icon Khabar

काठमाडौं, कात्तिक २८ । भाईटिकामा प्रयोग हुने भाई मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाईटिकामा दिदीबहिनीले दाजुभाईलाइ सगुनका रुपमा भाईमसला दिने प्रचलन छ ।

दाजुभाईलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइमसला दिने प्रचलन रहेको छ ।

चालू आर्थिक वर्षमा भाईमसला आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गतवर्षको तुलनमा यस आर्थिक वर्षको तीन महिनामा भाईमसला आयात ३४ करोडले बढि भएको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा भाईमसलाको आयात एक अर्ब १५ करोड छ लाख ५७ हजारको भाइमसला आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही समयमा एक अर्ब ५० करोड ३४ लाख ७१ हजारको भाईमसला आयात भएको छ ।

Published Date: 14 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी