भाईटीकाका लागि डेढ अर्ब मूल्य बराबरको आयात

भाईटीकाका लागि डेढ अर्ब मूल्य बराबरको आयात : Icon Khabar

काठमाडौं, कात्तिक २८ । भाईटिकामा प्रयोग हुने भाई मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाईटिकामा दिदीबहिनीले दाजुभाईलाइ सगुनका रुपमा भाईमसला दिने प्रचलन छ ।

दाजुभाईलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइमसला दिने प्रचलन रहेको छ ।

चालू आर्थिक वर्षमा भाईमसला आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गतवर्षको तुलनमा यस आर्थिक वर्षको तीन महिनामा भाईमसला आयात ३४ करोडले बढि भएको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा भाईमसलाको आयात एक अर्ब १५ करोड छ लाख ५७ हजारको भाइमसला आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही समयमा एक अर्ब ५० करोड ३४ लाख ७१ हजारको भाईमसला आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 November 2023
Website | + posts