काठमाडौँमा यो पटक राती १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँमा यो पटक राती १ बजेसम्म देउसी भैलो खेल्न पाइने : Icon Khabar

यो वर्षको तिहारमा काठमाडौँमा देउसी भैलो खेल्ने समय लम्बाएको छ। अब काठमाडौँ महानगरपालिकामा राती १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।

तिहारमा खेलिने देउसी भैलोका लागि पछिल्लो समय प्रशासनले समय सीमा तोक्ने गरेको छ।

यसपालि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेक अन्यत्र प्रशासनले सूचना जारी गरेर देउसी भैलो खेल्न समय तोकेका छन्।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रवार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । गत वर्षसम्म कोभिड महामारीका कारण राती ९ बजेसम्म खेल्न पाइएको भए पनि यस वर्ष भने राती १ बजेसम्म खेल्न पाइने भएको छ ।

मेयर बालेनको स्ट्याटस यस्तो छ

बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो । यो बर्ष काठमाडौ महानगर नगर प्रहरीले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ , सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ।

Published Date: 12 November 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता