हाथवे इन्भेष्टमेन्टले बढायो मुनाफा

हाथवे इन्भेष्टमेन्टले बढायो मुनाफा : Icon Khabar
काठमाडौं, कात्तिक २६ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १५ सय ५८ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा यस कम्पनीले ९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसको सञ्चालन आम्दानी ४ करोड ८० लाखबाट घटेर २ करोड १९ लाख ११ हजार रुपैयाँ कायम भएको छ । सञ्चालन आम्दानी घट्दा पनि नाफा भने बढेको छ । यसले विभिन्न शीर्षकमा खर्च कटौती गरेको छ । त्यसका साथै, हाथवेले लगानी खरिद (पर्चेज अफ इन्भेष्टमेन्ट) नगरेका कारण पनि नाफामा सुधार आएको छ । गत वर्षको सोही अवधिमा यसले उक्त शीर्षकमा ८ करोड ८८ लाख छुट्याएको थियो
हाल हाथवेको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसा छ । यसको नेटवर्थ भने ८० रुपैयाँ २४ पैसा रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ जम्मा रहेको छ ।
Published Date: 12 November 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता