हाथवे इन्भेष्टमेन्टले बढायो मुनाफा

हाथवे इन्भेष्टमेन्टले बढायो मुनाफा : Icon Khabar
काठमाडौं, कात्तिक २६ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १५ सय ५८ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा यस कम्पनीले ९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसको सञ्चालन आम्दानी ४ करोड ८० लाखबाट घटेर २ करोड १९ लाख ११ हजार रुपैयाँ कायम भएको छ । सञ्चालन आम्दानी घट्दा पनि नाफा भने बढेको छ । यसले विभिन्न शीर्षकमा खर्च कटौती गरेको छ । त्यसका साथै, हाथवेले लगानी खरिद (पर्चेज अफ इन्भेष्टमेन्ट) नगरेका कारण पनि नाफामा सुधार आएको छ । गत वर्षको सोही अवधिमा यसले उक्त शीर्षकमा ८ करोड ८८ लाख छुट्याएको थियो
हाल हाथवेको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसा छ । यसको नेटवर्थ भने ८० रुपैयाँ २४ पैसा रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ जम्मा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 November 2023
Website | + posts