उर्वरभूमि कृषि सहकारीद्वारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न

उर्वरभूमि कृषि सहकारीद्वारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २६ । उर्वरभूमि कृषि सहकारी संस्था लि. भक्तपुरको आयोजनामा स्थानीय दागाचा टोलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।

शहरीकरणसँगै हरियाली हराउँदै गएको हुँदा वृक्षारोपण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर बोट विरुवा रोपेको जानकारी दिदैं संस्थाका अध्यक्ष राकेश सुकुपायोले वातावरण संरक्षणमा सवै लाग्नुपर्ने कुरामा जोड दिए ।

दागाचा टोल हुँदै सिपाडोल जाने बाटो दायाँबायाँ करिब ३५ स्थानमा संस्थाका पदाधिकारी तथा स्थानीयवासीहरुको सक्रियतामा आज वृक्षारोपण गरेको संस्थाका प्रबन्धक केशब हाकुदुवालले जानकारी दिए।

Published Date: 12 November 2023