उर्वरभूमि कृषि सहकारीद्वारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न

उर्वरभूमि कृषि सहकारीद्वारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २६ । उर्वरभूमि कृषि सहकारी संस्था लि. भक्तपुरको आयोजनामा स्थानीय दागाचा टोलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।

शहरीकरणसँगै हरियाली हराउँदै गएको हुँदा वृक्षारोपण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर बोट विरुवा रोपेको जानकारी दिदैं संस्थाका अध्यक्ष राकेश सुकुपायोले वातावरण संरक्षणमा सवै लाग्नुपर्ने कुरामा जोड दिए ।

दागाचा टोल हुँदै सिपाडोल जाने बाटो दायाँबायाँ करिब ३५ स्थानमा संस्थाका पदाधिकारी तथा स्थानीयवासीहरुको सक्रियतामा आज वृक्षारोपण गरेको संस्थाका प्रबन्धक केशब हाकुदुवालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 November 2023
Website | + posts