पेरुको वार्षिक मुद्रास्फीति दुई वर्षयताकै न्यून

पेरुको वार्षिक मुद्रास्फीति दुई वर्षयताकै न्यून : Icon Khabar

काठमाडौं, कात्तिक २६ । पेरुले मन्दी कायम हुँदा ब्याजदर घटाएको छ । पेरुको केन्द्रीय रिजर्भ बैंकको बोर्ड अफ डाइरेक्टर्सले ब्याजदरलाई ७.०० प्रतिशतमा घटाउने निर्णय गरेको हो ।

जुन २५ आधार बिन्दुले घटेको हो । बढ्दो उपभोक्ता मूल्यको दर घट्दै गएपछि बैंकले लगातार तेस्रो पटक कटौती गरेको हो । आधिकारिक तथ्याङ्कअनुसार पेरुको वार्षिक मुद्रास्फीति ४.३४ प्रतिशतले घटेर दुई वर्षयताकै न्यून स्तरमा पुगेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 November 2023
Website | + posts