कोशीमा मिल्यो भागबण्डा, मन्त्रिपरिषद विस्तार तिहारपछि

कोशीमा मिल्यो भागबण्डा, मन्त्रिपरिषद विस्तार तिहारपछि : Icon Khabar

मोरङ, कार्तिक २५ । कोशी प्रदेशमा रहेका सत्तारुढ दलहरुबीचमा राजनीतिक नियुक्ति बाँडफाँडमा सहमति भएको छ । तिहार अगाडि नियुक्ति नभए पनि दलहरुबीचमा राजनीतिक नियुक्तिका बिषयमा सहमति जुटेको हो ।

मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयक र सरकारका अन्य कामबारे शुक्रबार गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए । बैठकले कोशी प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका बिषयमा सहमति जुटेको हो ।

उमेर हदका कारण कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले अनिवार्य अवकास पाउँदैछन् । उनको ठाउँमा माओवादीका तर्फबाट अध्यक्ष नियुक्त गर्ने सहमति जुटेको छ । यस्तै प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव भने एकीकृत समाजवादीलाई नै दिने सहमति भएको छ । कोशी प्रदेश खेलदकुद विकास बोर्डको सदस्य सचिव समाजवादीकै कोटाबाट हंसराज वाग्ले छन् । उनलाई निरन्तरता दिने की नयाँ नियुक्ति गर्ने भन्ने बिषयमा भने समाजवादीले टुङ्गो लगाउने छ ।

समाजवादीभित्र उनको ठाउँमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुपर्ने बिषयमा विवाद रहेको छ । प्रदेश योजना आयोगको उपाध्यक्षमा भने मुख्यमन्त्री केदार कार्कीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई नियुक्त गरिसकेका छन् । उनी काङ्ग्रेसको फरक विचार समूह कोइराला समूहसँग नजिक छन् । योजना आयोगमा कांग्रेसका थप एक जना सदस्य नियुक्ति गर्ने र बाँकी गठबन्धन दलबाट नियुक्ति गर्ने समेत सहमति भएको छ ।

सहमतिमा पुग्न अघि मुख्यमन्त्री कार्कीले काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादीका आङ्बो, नेकपा एकीकृत समाजवादीका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बिहीबार पनि छलफल गरेका थिए । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले छठ पछाडि सबै कुरा टुङ्गो लाग्ने बताएका छन् । उनले भने, ‘अहिले प्रारम्भिक छलफल भएको हो । छलफललाई अन्तिम रुप दिन अझै बाँकी नै छ ।’ उनका अनुसार कोशी प्रदेशका सत्ता गठबन्धन दलहरुबीच छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको छ । सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको छलफलले छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति गरेको आङ्वोले बताए ।

कोशी प्रदेशमा मंसिर १६ गतेसम्ममा बजेट अध्यादेश प्रतिस्थापन बिधेयक ल्याइसक्नु पर्नेछ । बजेट अध्यादेश प्रतिस्थापन बिधेयकमा साझा कार्यक्रम ल्याउने समेत सहमति भएको छ । छलफलले निश्चित मापदण्ड बनाएर बजेट प्रतिस्थापन विधेयक तयार पार्ने सहमति गरेको छ ।

कांग्रेसलाई मुख्यमन्त्रीसहित चार, माओवादीलाई तीन

कोशी प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्री सहित ४ मन्त्री पाउने गरिको प्रारम्भिक छलफल भएको छ । माओवादीले ३, नेकपा एसले १ र जसपाले १ मन्त्री पाउने गरिको छलफल भएको हो । तर जसपा कोशी प्रदेश समितिले भने तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले निर्णय गरेपनि प्रदेश सभा सदस्य निर्मला सुव्बा भने सरकारमा जान इच्छुक छन् । छलफलमा जसपा पनि सरकारमा सहभागी हुने समझदारी बनेको छ ।

कोशी प्रदेशमा अहिले मुख्यमन्त्रीसहित काङ्ग्रेसबाट सम्शेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र एकिकृत समाजवादीबाट कमलप्रसाद जवेगु मन्त्री नियुक्त भएका छन् । दलहरुका बीचमा सहमति नजुट्दा उनीहरुले समेत मन्त्रालयको जिम्वेवारी पाएका छैनन् । उनीहरुको जिम्मेवारी पनि छठ पछाडि मात्रै तोकिने छ ।

Published Date: 11 November 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता