भक्तपुरमा रास्वपाको शुभकामना आदानप्रदान सम्पन्न

भक्तपुरमा रास्वपाको शुभकामना आदानप्रदान सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २५ । राष्टिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार नयाँं थिमि चोकमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । यचु पार्टी भेन्यु मध्यपुर थिमीमा भएको कार्यक्रम अतिथि रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल थिए ।

कार्यक्रममा ढकालले पार्टी केन्द्रिय समिति र संसदीय दलको बैठक मंसिर ११, १२ र १३ गते महोतरी जिल्लाको जलेश्वरमा हुने जानकारी गराए । बैठकले वडा अधिवेशनका लागि विधि र प्रक्रियाकोबारेमा छलफल हुने उनले जनाए । वडा, नगर, जिल्ला हुँंदै केन्द्रिय अधिवेशन हुने उनको भनाई थियो ।

कार्यक्रममा पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले देशको हालको आर्थिक संकटको कारक २०४६ सालपछि शासन गर्दै आएका ठूला दलहरु रहेको आरोप लगाए । कार्यक्रम जिल्ला अध्यक्ष रामेश्वर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

Published Date: 11 November 2023






ताजा
किकम्पा मन्टेसरीमा ‘पोषण जाँच कार्यक्रम–२०८३’ सम्पन्न
ब्राजिल विश्वकपको पहिलो खेलमा मोरक्कोसँग रोकियो, अपराजित कीर्तिमान भने कायम
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्दा कुवेती दिनार सबैभन्दा महँगो
देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न