भक्तपुरमा रास्वपाको शुभकामना आदानप्रदान सम्पन्न

भक्तपुरमा रास्वपाको शुभकामना आदानप्रदान सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २५ । राष्टिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार नयाँं थिमि चोकमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । यचु पार्टी भेन्यु मध्यपुर थिमीमा भएको कार्यक्रम अतिथि रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल थिए ।

कार्यक्रममा ढकालले पार्टी केन्द्रिय समिति र संसदीय दलको बैठक मंसिर ११, १२ र १३ गते महोतरी जिल्लाको जलेश्वरमा हुने जानकारी गराए । बैठकले वडा अधिवेशनका लागि विधि र प्रक्रियाकोबारेमा छलफल हुने उनले जनाए । वडा, नगर, जिल्ला हुँंदै केन्द्रिय अधिवेशन हुने उनको भनाई थियो ।

कार्यक्रममा पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले देशको हालको आर्थिक संकटको कारक २०४६ सालपछि शासन गर्दै आएका ठूला दलहरु रहेको आरोप लगाए । कार्यक्रम जिल्ला अध्यक्ष रामेश्वर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 November 2023
Website | + posts