भक्तपुरका कुमाले समुदायलाई माटोका पाला बनाउने चटारो (फोटो फिचर)

भक्तपुरका कुमाले समुदायलाई माटोका पाला बनाउने चटारो (फोटो फिचर) : Icon Khabar

भक्तपुर, कार्तिक २५ । तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउन एकछिन फुर्सद छैन ।

तिहारमा माटोको पालामा तेल हालेर घर-घरमा दियो हाल्ने चलन छ । तर, अहिले आएको विदेशी पाला र झिलिमिली बत्तीले गर्दा घरमा पालामा दियो बाल्ने चलन हराउँदै गएको छ ।

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौँ, ललितपुर, काभेपलाञ्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जलगायतका स्थानमा बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 November 2023
Website | + posts