कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून

कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून : Icon Khabar

काठमाडौं, कार्तिक २२ । ब्रेन्ट क्रुड र अमेरिकी क्रुड दुवै प्रकारका तेल ३ महिनायताकै सस्तो मूल्यमा आएका छन्।

मंगलबार अन्तराष्ट्रिय बजारमा ब्रेन्ट क्रुड प्रतिब्यारेल ८१.७७ डलर र अमेरिकी क्रुड प्रतिब्यारेल ७७.२२ डलरमा कारोबार भइरहेका छन्। जुन ३ महिनायताकै न्यून मूल्य हो।

ब्रेन्ट क्रुड अन्तिम पटक गत जुलाई २४ (साउन ७ ) मा प्रतिब्यारेल ८२.८५ डलरमा कारोबार भएको थियो भने अमेरिकी क्रुड पनि अन्तिम पटक जुलाई २४ (साउन ७) मै प्रतिब्यारेल ७७ डलरमा खरिदबिक्री भएको थियो। त्यसपछि भने कच्चा तेलको मूल्य निरन्तर आकासिएको थियो। हिजोमात्रै ब्रेन्ट क्रुडको मुल्यमा ४.४०% ले घटेको थियो भने अमेरिकी क्रुडको मूल्य पनि ४.६९% ले तल झरेको थियो।

पछिल्लो १० दिनमा ब्रेन्ट क्रुडको मुल्यमा ८.३०% को गिरावट आइसकेको छ भने अमेरिकी क्रुडको भाउ पनि ९.१४% ले घटेको छ। फाइनान्सियल अनलाइन मार्केट वाचका अनुसार चीनमा देखिएको अपेक्षित भन्दा न्यून आर्थिक वृद्धिका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न पुगेको हो।

मार्केट वाचका अनुसार चीनले प्रशोधित पेट्रोलियम पदार्थको निर्यात कम गरेका कारण कच्चा तेलको माग घटेको हो । यही कारण अन्तराष्ट्रिय बजारमा आपूर्ति बढ्दा मूल्य घट्न गएको उल्लेख गरिएको छ । चिनियाँ प्रशोधक संस्थाहरु सरकारी निर्यातमा कोटा र न्यून मार्जिनमा काम गर्न बाध्य भएका कारण अक्टोबरमा रिफाईनरीहरुको सञ्चालनमा कमी आएको थियो ।

यसअघि ३ महिना अवधिमा भाउ बढेर ब्रेन्ड क्रुड प्रतिब्यारेल ९४.२१ डलरसम्म र अमेरिकी क्रुड प्रतिब्यारेल ९१.७७ डलर सम्म पुगेको थियो।

Published Date: 08 November 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै