बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक २२ । बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि आज भोल्यूम भने कमजोर देखिएको छ। अघिल्लो कारोबार दिन करिब १ अर्बको शेयर कारोबार भएको बजारमा आज २८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन हिमालयन बैंकको ५ करोडभन्दा बढीको संस्थापक शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक आज स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक आज घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।

Published Date: 08 November 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न