बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक २२ । बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि आज भोल्यूम भने कमजोर देखिएको छ। अघिल्लो कारोबार दिन करिब १ अर्बको शेयर कारोबार भएको बजारमा आज २८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन हिमालयन बैंकको ५ करोडभन्दा बढीको संस्थापक शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक आज स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक आज घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 November 2023
Website | + posts