करणलाई दोस्रो बलमै सिंगापुरका कप्तानको विकेट

करणलाई दोस्रो बलमै सिंगापुरका कप्तानको विकेट : Icon Khabar

काठमाडौँ, कात्तिक १३ ।  नेपालका तीव्र गतिका बलर करण केसीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरका कप्तान अरित्र दत्तको विकेट लिएका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले सुरुवाती दुई बलमा कुनै रन नजोड्दा एक विकेट गुमाएको छ ।

तीव्र गतिका बलर करणले दोस्रो बलमै अरित्रलाई बोल्ड आउट गरेका हुन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । नेपालका सन्दीप लामिछाने टोलीमा फर्किदा ललित बेन्चमा छन् ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Published Date: 30 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु