आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, कात्तिक १३ । आज २०८० कात्तिक १३ गते सोमवार, तद्अनुसार ३० अक्टोबर २०२३ । आजको तिथि– कात्तिक कृष्णपक्ष द्वितीया, नक्षत्र–भरणी, ६ः२९ बजेपछि कृत्तिका, योग– व्यतीपात, करण– तैतिल, चन्द्र राशि– मेष, सूर्योदय– ६ः१३, सूर्यास्त– १७ः२० ।

आजको राशिफल

मेष: कुनै ठूलो समस्याको हल सहजै प्राप्त हुनेछ । वरिष्ठ व्यक्तिको सहयोग पाइने छ । धन प्राप्ति सहज हुनेछ ।

वृष: शेयर मार्केटमा हतार नगर्नु होला । व्यापार लाभदायक रहने छ । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: व्यापार–व्यवसायले मनोनुकूल लाभ दिने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता कायम रहने छ ।

कर्कट: आत्मशान्ति रहने छ । यात्राको सम्भावना छ । तीर्थदर्शनको योजना फलीभूत हुनेछ ।

सिंह: चोट तथा दुर्घटनाबाट हानि हुनसक्छ । अपरिचित व्यक्तिमाथि अतिविश्वास नगर्नु होला । कुनै पनि प्रकारको विवादमा नगर्नु होला ।

कन्या: कुनै व्यक्ति विशेषको सहयोग पाइने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि निर्णय नलिनु होला । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

वृश्चिक: प्रसन्नता रहने छ । रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ ।

धनु: धन लक्ष्मी प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । दौडधूपका कारण स्वास्थ्यमा प्रभाव पर्न सक्छ ।

मकर: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । मेहनतको फल पाइने छ ।

कुम्भ: कुनै ठूलो काम गर्ने योजना बन्ने छ । आत्मसम्मान कायम रहने छ । व्यापार लाभदायक रहनेछ ।

मीन: धन प्राप्ति सुगम हुनेछ । यात्रा मनोरञ्जक रहने छ । ठूलो काम बन्नाले प्रसन्नता रहने छ ।

Published Date: 30 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु