दुई रन दिँदै तीन विकेट लिएपछि खेलमा फर्कियो नेपाल

दुई रन दिँदै तीन विकेट लिएपछि खेलमा फर्कियो नेपाल : Icon Khabar

काठमाडौँ, कात्तिक १३ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध उत्कृष्ट पूनरागमन गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले १०.२ ओभरमा ५ विकेट गुमाउँदै ७० रन बनाएको छ ।

सिंगापुरका युवा ओपनर रोहन रंगराजन सर्वाधिक ४६ रनमा आउट भएका छन् । तीव्र गतिका बलर करण केसीले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई शून्यमा बोल्ड आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले ५२ रनको साझेदारी गरेका थिए ।

स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा चन्द्रमोहनलाई ६ रनमा बोल्ड आउट गरे । सन्दीपले आउट गर्नुअघि सिंगापुर ६.४ ओभरमा ५२-१ को अवस्थामा थियो ।

एकतर्फबाट उत्कृष्ट प्रदर्शन गरेका रंगराजन सन्दीप जोराको उत्कृष्ट क्याच आउट शिकार बने । गुलशन झाको आठौं ओभरको पहिलो बलमा मिडअनमा सन्दीप जोराले एक हातले उत्कृष्ट क्याच लिदै उनलाई पेभेलिएन फर्काएका छन् ।

गुलशन झाले आमथ्र्य कौललाई शून्यमा कट एण्ड बोल्ड यसै ओभरमा गरेपछि नेपाल खेलमा फर्किएको थियो । राम्रो सुरुवात गरेको सिंगापुरले दुई रन जोड्न तीन विकेट गुमाएपछि ५२-१ को अवस्थाबाट ५४-४ को अवस्थामा पुगेको थियो ।

दीपेन्द्रसिंह ऐरी खेल सुरु हुनुअघि अभ्यास खेलको क्रममा घाइते भएका छन् । उनको ख्ट्टामा चोट लागेपछि प्लेइङ ११ मा उनको स्थानमा विवेक यादव खेलेका छन् । विवेक सुरुवातमा प्लेइङ–११ मा थिएनन् । नेपालले ललित नारायण राजवंशीको स्थानमा सन्दीप लामिछानेलाई खेलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 October 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न