सभामुख घिमिरेद्वारा राष्ट्रसङ्घका महासचिव गुटेरेसले संसदलाई सम्बोधन गर्नेबारे जानकारी

सभामुख घिमिरेद्वारा राष्ट्रसङ्घका महासचिव गुटेरेसले संसदलाई सम्बोधन गर्नेबारे जानकारी : Icon Khabar

काठमाडौं, कात्तिक १२ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी दिएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सो बारे जानकारी दिएका हुन्।

सभामुखले मन्त्रिपरिषद् बैठकको कार्तिक २ गते गरेको निर्णयअनुसार महासचिव गुटरेसले कात्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेको र कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे संसद्को दुवै सदनलाई सम्बोधन गर्ने भनेर सरकारबाट पत्र प्राप्त भएको जानकारी उहाँले बैठकलाई गराएका हुन्।

प्रतिनिधि सभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसङ्घका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको छ । सम्बोधन गर्ने त्यस्तो पदाधिकारीलाई सभामुखले आफ्नो आसनको दायाँतर्फ आसन ग्रहण गराउन सक्ने व्यवस्था समेत रहेको छ ।

Published Date: 29 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता