असोजमा आयात वृद्धि हुँदा निर्यात घट्यो

असोजमा आयात वृद्धि हुँदा निर्यात घट्यो : Icon Khabar

काठमाडौं, कात्तिक १२ । असोज महिनामा मालबस्तुको आयातमा सामान्य वृद्धि भएको छ । यस वर्ष कात्तिकमा दशैं, तिहार जस्ता चाडपर्वका लागि हुने खपतका कारण आयात बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबराको आयात भएको छ ।

जु्न गत वर्षको तुलनामा यस वर्ष १.६९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड ९० लाख बराबरको आयात भएकोमा असोज महिनामा मात्र एक अर्ब ४८ करोडको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

आयातमा वृद्धि भए पनि निर्यात भने घटेको छ । निर्यात गत वर्षको भन्दा २.२६ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको असोजसम्म ४० अर्ब ८७ करोड ४८ लाख बराबरको निर्या भएको छ । गत आर्थिक बर्षको सोही समयमा निर्यात ४१ अर्ब ८२ करोड एक लाख बराबरको निर्यात भएको थियो ।

आयातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार र व्यापार घाटा पनि बढेको छ । कुल वैदेशिक व्यापार १.३१ प्रतिशतले वृद्धि हुँदा चार खर्ब ४८ अर्ब ४३ करोड ३८ लाख ६६ हजार पुगेको छ । यस्तै निर्यातमा सङ्कुचन हुँदा व्यापार घाटा २.१५ प्रतिशतले बढेर तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार पुगेको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने