असोजमा आयात वृद्धि हुँदा निर्यात घट्यो

असोजमा आयात वृद्धि हुँदा निर्यात घट्यो : Icon Khabar

काठमाडौं, कात्तिक १२ । असोज महिनामा मालबस्तुको आयातमा सामान्य वृद्धि भएको छ । यस वर्ष कात्तिकमा दशैं, तिहार जस्ता चाडपर्वका लागि हुने खपतका कारण आयात बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबराको आयात भएको छ ।

जु्न गत वर्षको तुलनामा यस वर्ष १.६९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड ९० लाख बराबरको आयात भएकोमा असोज महिनामा मात्र एक अर्ब ४८ करोडको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

आयातमा वृद्धि भए पनि निर्यात भने घटेको छ । निर्यात गत वर्षको भन्दा २.२६ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको असोजसम्म ४० अर्ब ८७ करोड ४८ लाख बराबरको निर्या भएको छ । गत आर्थिक बर्षको सोही समयमा निर्यात ४१ अर्ब ८२ करोड एक लाख बराबरको निर्यात भएको थियो ।

आयातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार र व्यापार घाटा पनि बढेको छ । कुल वैदेशिक व्यापार १.३१ प्रतिशतले वृद्धि हुँदा चार खर्ब ४८ अर्ब ४३ करोड ३८ लाख ६६ हजार पुगेको छ । यस्तै निर्यातमा सङ्कुचन हुँदा व्यापार घाटा २.१५ प्रतिशतले बढेर तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार पुगेको भन्सार विभागले जनाएको छ ।

Published Date: 29 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता