नगरकोटको सौन्दर्यले बिर्साइदिन्छ संसार (फोटो फिचर)

नगरकोटको सौन्दर्यले बिर्साइदिन्छ संसार (फोटो फिचर) : Icon Khabar

भक्तपुर, कार्तिक ६ । यतिबेला देश आफ्नो ठुलो चाड दशैंमा झुमिरहेको छ। प्रकृतिको स्वरूपमा कहिल्यै पनि परिवर्तन नहुने एउटा सदाबहार ठाउँ नगरकोटमा आज महानवमीको दिन हामी आइकन खबरको टोली पुग्यौं। आश्चर्य लाग्यो मानिसहरुको उपस्थिति त्यति बाक्लो नहुँदा पनि नगरकोट मुसुक्क मुस्कुराइरहेको छ, दिल खोलेर आफ्नो सुन्दरता छरिरहेको छ, चारैतिर हरियाली छाइरहेको छ।

नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वकोसर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ ।

यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । नगरकोट भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको एक मुख्य पर्यटकीय स्थल हो ।

Published Date: 23 October 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न