भक्तपुरमा मनाइयो खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा

भक्तपुरमा मनाइयो खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा : Icon Khabar
दिनेश फोटोग्राफी

भक्तपुर, कार्तिक ६ । महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज सम्पन्न भएको छ।

धार्मिक, साँस्कृतिक, र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा मानी खःमेय् जात्रा मनाइने परम्परा अनुसार आज सो जात्रा सम्पन्न भएको हो।

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहुँदा त्यसरुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप यस दिन खःमेय्लाई बलिपुजा गरी जात्रा मनाउँदै आएको हो।

नवदुर्गा द्योःछें(देवगृह)मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिऊभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरुप पुजाआजा गरी नवदुर्गा द्योःछेवाट बाहिर निकाली दौडाएर व्रम्हायणी पीठसम्म पुर्‍याइन्छ ।

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्करसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरी कुनै घाउचोट नलागेको, कम्तिमा पनि एकसय धारनी तौल भएको मोटोघाटो चाहिन्छ ।

खःमेय्को स-साना मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी वनाई, धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ ।

Published Date: 23 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता