कङ्गोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता

कङ्गोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता : Icon Khabar

काठमाडौं , असोज २९ । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ।

दुर्घटनास्थलको निरीक्षण गरेका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ बताएका छन्।

प्रान्तीय अधिकारीका अनुसार उक्त डुङ्गा कङ्गो नदीको बन्दरगाह शहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटर भन्दा बढी दूरीमा रहेको बोलोम्बाका लागि छुटेको थियो।

प्रत्यक्षदर्शीले सिन्ह्वालाई दिएको जानकारीअनुसार अत्यधिक भारका कारण डुङ्गा पल्टिएको तर डुङ्गामा सवार यात्रुको सङ्ख्या भने अज्ञात छ।

विशेष गरी कङ्गो नदीमा अत्यधिक भार र डुङ्गाहरूको खराब अवस्था अधिकांश दुर्घटनाको कारण हुने गरेको छ।

Published Date: 16 October 2023
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक