आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने : Icon Khabar

काठमाडौं , असोज २९ । घटस्थापनाको भोलिपल्ट अर्थात आज असोज २९ गते सोमवारदेखि नयाँ नेपाली नोट साट्न पाइने भएको छ । महान पर्व बडादशैँ, दीपावली तथा र छठलाई लक्षित गरेर सोमबारदेखि नयाँ नोट साट्न पाइने भएको हो ।

नयाँ नोट साट्नका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आजदेखि नयाँ नोट सटही सुविधा दिन लागेको हो । नेपाल राष्ट्र बैंकले आजदेखि काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग तथा विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्ने सुविधा दिने छ ।

उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय तथा विभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने छ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैँअघि नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५० तथा एक सय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 October 2023
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ