आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने : Icon Khabar

काठमाडौं , असोज २९ । घटस्थापनाको भोलिपल्ट अर्थात आज असोज २९ गते सोमवारदेखि नयाँ नेपाली नोट साट्न पाइने भएको छ । महान पर्व बडादशैँ, दीपावली तथा र छठलाई लक्षित गरेर सोमबारदेखि नयाँ नोट साट्न पाइने भएको हो ।

नयाँ नोट साट्नका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आजदेखि नयाँ नोट सटही सुविधा दिन लागेको हो । नेपाल राष्ट्र बैंकले आजदेखि काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग तथा विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्ने सुविधा दिने छ ।

उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय तथा विभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने छ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैँअघि नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५० तथा एक सय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 October 2023


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी